Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मधेसलाई अब नेता उत्पादन गर्ने कारखाना होइन कृषि कारखाना बनाउनु पर्छ : रवि लामिछाने

  •   ३ वर्ष अघि | ८ मंसिर २०८०, शुक्रबार

मंसिर ८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले आजबाट तीन दिने मधेस थालेका छन् । सांसद मनिष झालाई साथमा लिएर पार्टी सभापति लामिछानेले आठ जिल्लाको तीन दिने  यात्रा सुरु गरेका हुन् । लामिछानेले पहिलो दिन बारा र पर्सामा सम्बोधन गरेका छन् । 

लामिछानेले आज पर्साको वीरञ्जगमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका गर्दै नेपाली राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइसकेको बताएका छन । उनले भने ‘यो देशको भविष्य र मधेसको भविष्य बनाउन एकसय एक सक्षम युवा लिएर अगाडि बढ्नेछौँ।’ ।

कार्यक्रम आफ्नो भनाई राख्दै मधेसका मुद्दालाई विगतमा पनि महत्त्व दिएको तर आफूलाई मधेस विरोधी भनिएको भनि लामिछानेले गुनासो गरेका थिए ।

उनले आफूमाथि उठेको यो मधेस विरोधी हो भन्ने प्रश्नको जवाफ कर्मबाट दिने निर्णय गरेको बताएका छन । लामिछानेले मधेसलाई अब नेता उत्पादन गर्ने कारखाना होइन कृषि कारखाना बनाउनुपर्ने समेत बताए ।

  • न्युज बहार संवाददाता

थप