Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इटा भट्टामा जिउँदै जलाउनेलाई बचाउन ल्याइएको हो यो विधेयक? : सांसद सुमना श्रेष्ठ।

  •   ३ वर्ष अघि | ३१ असार २०८०, आइतवार

असार ३१, काठमाडौँ । सरकारले आज प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विरोध जनाएकी छिन् ।

आइतबार उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै सो विधेयकमा भएको प्रावधान नेपालको संविधान र नेपालले गरेको अन्तर्राष्ट्रिय सम्झौता विपरित रहेको उल्लेख गरेकी छिन। 

उनले ऊक्त विधेयकको बारेमा प्रश्न गर्दै भनिन – ‘हामीले कस्तो नेपाल परिकल्पना गरिरहेका छौँ र हामीले धेरै अन्तराष्ट्रिय कानुनहरुमा सहि समेत गरेका छौँ, यो विधेयक त्यसको विपरित पनि छ।’ उनले पुन प्रश्न गर्दै भनिन ‘राजनीतिक रुपमा कसलाई बचाउनका लागि ल्याएको हो यो विधेयक ? इटा भट्टामा जिउँदै जलाउनेलाई बचाउन ल्याइएको हो ? कि भाला रोपेर हत्या गर्नेलाई बचाउन ल्याइएको हो ?’

  • न्युज बहार संवाददाता

थप