असार ७, काठमाडौँ । भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै रास्वपा सभापति रवि लामिछानेले आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको जनाएका छन् । उनले यस्तो भन्दै आफुले जनताबाट न्याय मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।
उनका अनुसार थोरै संख्यामा रहेका आफ्ना सांसदको अनुपस्थितिमा संसदको कल्पना पनि गर्न नसकिने उल्लेख गरेका छन् । उनले रास्वपाले संसदमा, अनि विगतमा सरकारमा खेलेको भूमिकाको प्रशंसा पनि गरेका छन् ।
आफूलाई विगतमा कांग्रेसबाट प्रधानमन्त्री नै बन्ने अफर आएको दाबी लामिछानेले गर्दै राजनीतिक स्वार्थवश आफूलाई अहिले अलग पारिएको जिकिर गरेका हुन् । उनका अनुसार किस्तीमा पाएको प्रधानमन्त्री नखाँदा आज उनलाई दण्डपूर्वक जेल हालिएको हो । उनले सहकारी ठगी अभियोगमा आफूमाथि चलेको कानुनी कारबाहीको विरुद्धमा र आफ्नो पक्षमा बचाउ गरेका छन् ।
- न्युज बहार संवाददाता