Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुरा नचल्नेहरूको कुरा चल्न सुरु गर्‍यो भने यहाँको यात्राचाहिँ कता चल्छ होला प्रधानमन्त्री ज्यू ? : महामन्त्री विश्वप्रकाश शर्मा

  •   ३ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले र कांग्रेस मिल्दा कहाँ तपाई कहाँ जानुहुन्छ र के गर्नु हुन्छ भन्दै प्रश्न गरेका छन् । 

प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलकालागि आज बुधवार बसेको प्रतिनिधिसभा बैठकमा उनले पहिले धोका पाएको एमाले र कांग्रेस मिले तपाईको के होला भन्दै प्रश्न सोधेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति  हुने संकेत गर्दै प्रचण्डको प्रधानमन्त्रीको पद नरहने तिर पनि शर्माले संकेत गरेका छन  ।

महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रश्न गर्दै भने ‘पूर्वपधानमन्त्रीज्यू (केपी शर्मा ओली) ले कुरा नचल्ने भनेर भन्नुभो, तलबाट हाम्रा सभापतिज्यूले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो, कुरा नचल्नेहरूको कुरा चल्न सुरु गर्‍यो भने यहाँको यात्राचाहिँ कता चल्छ होला प्रधानमन्त्री ज्यू।’

  • न्युज बहार संवाददाता

थप