Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनसेलले कर छलेको पाइए सरकारले छोड्दैन : अर्थमन्त्री डा. प्रकाशशरण महत

  •   ३ वर्ष अघि | २ पुस २०८०, सोमवार

पुस २, काठमाडौँ। एनसेलले कर छलेको पाइए सरकारले नछाड्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले चेतावनी दिएका छन् ।

आज सोमबार नेपाली कांग्रेस नुवाकोटको सम्मेलनमा बोल्दै उनले एनसेलबारे सरकारले छानविन समिति बनाएको र करछली गरेको पाइए नछाड्ने बताएका हुन । ‘किनबेच अर्थ मन्त्रालयले हेर्दैन’, उनले भने, ‘प्राधिकरणले हेर्छ, त्यसको छानविन हुँदैछ।’

पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा सरकारले एनसेल खरीद–बिक्रीबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । त्यस समितिमा अर्थ मन्त्रालयका सहसचिवहरु समेत रहेका छन् । छानविन समितिलाई एक महिनाको समय दिइएको छ ।

  • न्युज बहार संवाददाता

थप