फागुन १०, काठमाडौँ । गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहिबारको प्रतिनिधीसभा बैठकमा प्रश्न गरेको छ ।
आजको प्रतिनिधिसभाको
बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाएको ३
दिन बितिसक्दा पनि कहाँ पुग्यो भन्दै प्रश्न गरेका हुन ।
सांसद श्रेष्ठले
प्रश्न गर्दै भने– ‘सरकार संसदप्रति जिम्मेवार हुँदैन भने मुलुकले कस्तो नेतृत्व
पाइरहेको छ?, सरकारलाई पढ्नलाई गाह्रो छ भने हामी संसदमा बाँचन गरेर सुनाइदिन्छौँ
।’
सो
घटनामा दोषी रहेका मन्त्रीलाई कारवाही नगर्ने हो भने संसद अवरुद्ध गर्न पनि
रास्वपा पछि नपर्ने उनले बताएका छन ।
- न्युज बहार संवाददाता