भदौ १७, काठमाडौँ । सिंहदरबारमा आगो लगाउने चेतावनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) ले दिएका छन् । शनिबार राती आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेश्दै उनले महानगरपालिकाको गाडी सरकारले रोकेको र भोलिदेखि कुनै पनि गाडी रोकिएमा सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार!’

- न्युज बहार संवाददाता