Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गरेको सुनेर गर्व लाग्यो : रवि लामिछाने

  •   ३ वर्ष अघि | २० भदौ २०८०, बुधबार

भदौ २०, काठमाडौँ । रास्वापा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीहरुले नेपालको प्रशंसा गरेको सुनेर आँफुलाई गर्व लागेको बताएका छन ।

विश्वका दिग्गज खेलाडीहरुले आफ्नो देशका युवाहरुको प्रशंसा गर्दाको  समयमा आफू प्रत्यक्षदर्शी हुन पाएकोमा गर्व महसुस भएको उनले बताएका हुन ।

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्न श्रीलंका पुगेका लामिछानेले बुधबार विमानस्थलमा फर्कने क्रममा आफू गौरवान्वित भएर फर्किएको बताएका हुन ।

खेलाडीहरूको मनोबल बढाउनको लागि लामिछानेले नीतिगत रूपमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने समेत बताए ।  उनले भने, ‘हामी यसको विकासको लागि हाम्रो परिधिभित्रबाट नीति निर्माणको तहमा छौँ । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्ने छौँ ।’ 

  • न्युज बहार संवाददाता

थप