Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कसैको राजनीति बचाइदिन मलाई बलिको बोको बनाइयो : रवि लामिछाने

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

असोज ६, काठमाडौँ । आफूले केही नबिराएको र नडराएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन्।  उनले आज आइतबार राति पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै आफूमाथि किन प्रहार भएको हो र किन प्रहार भइरहेको छ नबुझेको समेत  बताएका छन । 

यस विषयमा उनले भने ‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचार आएको हो। त्यसैले म नडराएर र शिर ठाडो गरेर छाति ठड्याएर बसेको छु।”

यसै क्रममा रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी पनि गरेका छन्। उनले आफूलाई प्रतिशोध साँधिएको र गगनको राजनीतिक भविष्य जोगाउन खोजिएको बताएका छन । उनले सञ्चारकर्मी र समर्थकहरूमाझ बोल्दै मिडिया ट्रायल गरेर आफूलाई सक्दै नसक्ने समेत बताएका छन । 

उनले भने  ‘कसैको राजनीति बचाइदिन मलाई बलिको बोको बनाइयो र प्रतिशोध साँधियो।’ 

  • न्युज बहार संवाददाता

थप