चैत २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन र भाषणमा समय खेर नफाल्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुझाव दिएका छन् ।
उनको तर्क अनुसार
प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने-घुम्ने काममा भुल्दा सरकारको
कामको गति कम भएको हो ।
महामन्त्री
थापाले पार्टीले बुधबार रुपन्देहीको देवदहमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको
कामको गति नपुगेको बताएका छन । उनले युद्धको मनोविज्ञान लिएर काम गर्न
प्रधानमन्त्री-मन्त्रीहरूलाई सुझाव समेत दिएका छन ।
- न्युज बहार संवाददाता