Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव

  •   २ वर्ष अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । शिक्षक सरुवा मापदण्डका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सुझाव माग गरेकी छन् ।

शिक्षा मन्त्रालयले जिल्लान्तर शिक्षक सरुवा स्थगित गरी त्यसका लागि शिक्षक सरुवा मापदण्ड बनाउँदै छ । यसका लागि प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग शिक्षामन्त्री श्रेष्ठले छलफल गरेर सुझाव माग गरेकी हुन् ।

मन्त्री श्रेष्ठले पहिलो चरणमा २०८० चैत ३० गते सातवटै प्रदेशका १३ जना प्रतिनिधि प्रधानाध्यापकहरूसँग अनलाइनमार्फत संवाद गरेकी थिइन् । शिक्षक सरुवा मापदण्डसँगै विद्यालय सञ्चालन तथा व्यवस्थापन मापदण्डका विषयमा प्रधानाध्यापकहरूले सुझाव समेत दिएका थिए ।

मन्त्री श्रेष्ठले आज विभिन्न प्रदेशका शिक्षकहरूसँग सुझाव माग गरेकी छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत विभिन्न प्रदेश र समुदायका १३ जना प्रतिनिधि शिक्षकहरूसँग सुझाव माग गरेकी हुन् ।

  • न्युज बहार संवाददाता

थप