Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हामी महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ : मेयर बालेन शाह

  •   ३ वर्ष अघि | २२ माघ २०८०, सोमवार

माघ २२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएकोमा त्यसप्रति आक्रोश व्यक्त गरेका छन् । उनको भनाई अनुसार धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न भन्दै पत्र पठाइएको हो ।

उनले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएको आरोप समेत लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन ‘हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ।' 

सो स्थानमा पार्किङ बन्द नहुने र महानगरको पहलमा अहिलेको लागि नि:शुल्क सञ्चालन हुने मेयर शाहले स्पष्ट पारेका छन् ।



  • न्युज बहार संवाददाता

थप