Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मलाई मात्रै होइन सबै नेतालाई समाउनुहोस्, तपाईं चाहिँ कहाँ जानु हुन्छ नि?: मोहनबहादुर बस्नेत

  •   १ वर्ष अघि | १८ असार २०८२, बुधबार

असार १८, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत  खनिएका छन्।

सानेपामा आज बुधबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले महामन्त्री थापालाई लक्ष्य गर्दै धेरै महत्त्वकांक्षा बोकेर हिँड्नेहरू होस् गर्नु भनेका हुन्।

बस्नेतले महामन्त्री थापालाई सदनमा टेरामक्स लगायतका भ्रष्टाचार विषयमा बोलेर अख्तियार पठाउने गरेको आरोप लगाएका छन।

जेठ १ गते मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता गरेको थियो।

सोही मुद्दामा विशेष अदालत काठमाडौँले असार १५ गते बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

यही प्रसंग उठाउँदै बस्नेतले महामन्त्री थापामाथि आक्रोश व्यक्त गरेका हुन्।

उनले आफूविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गर्नुमा महामन्त्री थापाको हात रहेको आरोपसमेत लगाएका छन। उनका अनुसार प्रतिशोधको राजनीतिले कसैलाई पनि छाड्ने छैन।

यस विषयमा बस्नेतले भने ‘महामन्त्री गगनजी मलाई मात्रै होइन, बालकृष्ण खाणलाई पनि समाउनुपर्छ भनेर अख्तियारमा लाग्नुभयो, मलाई मात्रै होइन सबै नेतालाई समाउनुहोस्, तपाईं चाहिँ कहाँ जानु हुन्छ नि! तपाईंको बारेमा हामीले भनिदिएको छैनौं। महामन्त्रीजीका बारेमा मसँग ठूलो फाइल छ, अहिले म धेरै भन्न चाहन्न, यहाँ कोही पनि चोखो छैन, प्रतिशोधको राजनीतिले कसैलाई पनि छाड्दैन।’

  • न्युज बहार संवाददाता

थप