Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर

  •   ३ वर्ष अघि | ११ मंसिर २०८०, सोमवार

मंसिर ११, काठमाडौँ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो। सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २८ पैसा तोकिएको छ। 

यसदिन अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ६१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ०१ पैसा पाइनेछ भने पाउण्ड स्टर्लिङ एकको खरिदमा १६७ रुपैयाँ ७७ पैसा र बिक्रीमा १६८ रुपैयाँ ५३ पैसा पाइनेछ।

आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७२ पैसा पाइनेछ भने क्यानेडियन डलर एकको खरिदमा आज ९७ रुपैयाँ ६० पैसा र बिक्रीमा ९८ रुपैयाँ ०४ पैसा तोकिएको छ। 

राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदरमा ३६ रुपैयाँ ४० पैसा तोकेको छ । त्यस्तै साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकिएको छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६४ पैसा पाइनेछ भने मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइनेछ।

आज बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप