कार्तिक १५, काठमाडौँ । आज बुधबार नेपाली
बजारमा सुन–चाँदी
दुबैको मूल्य घटेको छ।
बुधबार सुनको
भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४
हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि
घटेको छ।
आज चाँदी
प्रतितोला ३५ रुपैयाँले घटेर एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता