पुस १९, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।
सुनको भाउ आज एकै दिन प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
- न्युज बहार संवाददाता