कार्तिक २६, काठमाडौँ । बजारमा तिहार लक्षित चहलपहल बढेको छ ।
उपभोक्ताहरुको बजारमा भिड लाग्न थालेको छ । तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको बजारमा भिड लागेको छ । विगतको तुलनामा यो वर्षको तिहारमा बदाम, काजु, नरिवल पेस्ता, लगायतका तिहार मसलाको मूल्य घटेको छ ।
गतवर्ष काजु प्रतिकिलो १७ सय रुपैयाँ थियो भने यो वर्ष १५ सय रुपैयाँमा झरेको छ । त्यस्तै १३ सय रुपैयाँ पर्ने बदाम यस वर्ष १२ सयमा बिक्री भइरहेको छ । ल्वाङ, किसमिस, मखनलगायतको मूल्य भने स्थिर रहेको छ।
तिहारमा प्रयोग हुने भाई मसलाको आयात यो वर्ष घटेको छ ।
तिहारमा भाइमसला बढी खपत हुने गरेको छ । तिहारमा दाजुभाइलाई दिदिबहिनीले खुवाउन उपहारका रूपमा भाइमसला अनिवार्य रूपमा दिने भएकाले तिहारमा यसको खपत बढी हुने गर्दछ ।
- न्युज बहार संवाददाता