असोज ८, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ-नयाँ
रेकर्ड कायम गरिरहेको छ ।
मंगलबार
पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको हो ।
आज सुन
प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मुल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको
हो।
त्यस्तै आज, मंगलबार
चाँदीको मूल्य भने सामान्य घटेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला पाँच रूपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १९ सय १५ रूपैयाँमा किनबेच भइरहेको
छ।
- न्युज बहार संवाददाता