मंसिर ३, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ।
सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार
भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज सोमबार नेपाली
बजारमा चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १५
रुपैयाँले बढेको हो ।
चाँदी सोमबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको
महासंघले जनाएको छ ।
- न्युज बहार संवाददाता