मंसिर १, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुबैको मूल्य बढेको छ।
आज सुनको मुल्य दुई हजार तीन सय रूपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक
लाख १५ हजार पाँच सय रूपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय पचास रूपैयाँमा कारोबार
भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी
आज चाँदी प्रतितोला एक हजार चार सय पचास रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता