माघ १९, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैकोको मूल्य बढेको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता