बैशाख ३१, काठमाडौँ । सोमबार नेपाली बजारमा सुन
र चाँदी
दुबैको मूल्य घटेको छ।
यसदिन सुनको
भाउ प्रतितोला तीन सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज सोमबार नेपाली बजारमा चाँदीको
मूल्य पनि घटेको छ।
सोमबार
चाँदी प्रतितोला १० रूपैयाँले घटेको हो ।
चाँदी आज प्रतितोला १७ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता