कार्तिक १७, काठमाडौँ । छिमेकी राष्ट्र भारत नेपाललाई तिहारअघि
नै २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउन सहमत भएको छ ।
सरकारले बजारमा चिनीको अभाव चुलिएपछि केही दिन
अघि छोटो बाटोबाट भारतलाई चिनी उपलब्ध गराइदिन माग गरेको थियो।
वाणिज्य मन्त्रालयल अनुसार भारतीय दूतावासमार्फत
भएको कूटनीतिक पहलमा भारतले चिनी दिन सहमति दिएको हो ।
- न्युज बहार संवाददाता