असार ३२, काठमाडौँ । आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ।
मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १३ सय रूपैयाँले घटेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ९१ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको
छ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको
छ ।
आज चाँदी १५ रूपैयाँले घटेको हो।
चाँदी बुधबार २२ सय ६०
रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता