मंसिर १७, काठमाडौँ । आज आइतबार साताको पहिलो कारोबार दिन सुन र चाँदीको मुल्यले फेरी बनायो नयाँ रेकर्ड बनाएको छ।
सुनको मुल्यमा आज एक हजार आठ सय रुपैयाँले बृद्धी भएको छ। आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १५४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको हो ।
- न्युज बहार संवाददाता