मंसिर २९, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली
बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ।
आज सुनको
भाउ प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी,आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।
चाँदी शुक्रबार प्रतितोला १५ रूपैयाँले बढेर १४ सय ७० रूपैयाँमा
किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता