Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बुधबारका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

  •   ३ वर्ष अघि | १५ कार्तिक २०८०, बुधबार

कार्तिक १५, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा छ। 

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३६ पैसा पाइने छ।त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८५ रुपैयाँ तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६० पैसा तोकिएको छ।

त्यस्तै आज साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइने छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रुपैयाँ ९० पैसा र बिक्रीमा २८ रुपैयाँ ०२ पैसा पाइनेछ।

आज बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९२ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८६ पैसा पाइन्छ। आज राष्ट्र बैंकले युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा तोकेको छ ।

यस दिन बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८९ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप