जेठ २४, इलाम। इलामको रोङ गाउँपालिकामा अवस्थित रहेको पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो आएपछी उक्त विषयमा अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।
जिल्ला प्रशासन कार्यालयलाई रोङ गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै पत्र पठाइएको थियो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पत्र आएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको बताएका छन । उनले सो समितिलाई सबैले सहयोग गर्नुपर्ने उल्लेख समेत गरेका छन।
- न्युज बहार संवाददाता