Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेवार समुदायमा यःमरी पुन्हि मनाइँदै

  •   ३ वर्ष अघि | १० पुस २०८०, मङ्लबार

पुस १०, काठमाडौँ । आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन नेवार समुदायले नयाँ धान भित्र्याएको खुसीयालीमा यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन्।

नेपाल भाषामा ‘यः’ को अर्थ मनपर्ने र ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो । युगौँदेखि यसरी धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन जारी रहेको छ । यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वलाई खाद्य पदार्थको रसिलो चाडका रुपमा पनि लिइन्छ । यस दिन साथै धान कुटेर चामलको पिठो बनाइ चामलको पिठोमा खुवा, चाकु र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।

आज बिहानदेखि घरघरका महिला यःमरी बनाउन व्यस्त भएका छन्। आज बिहानै उठेर स्नान गरिसकेपछी घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन रहेको छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगका अनुसार यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेका छन ।

यसदिन धान, कूलदेवता, गणेश, गोठदेवता, गैडुदेवता, महालक्ष्मी, महारुद्रलगायत देवताको पनि पूजा गर्ने र नयाँ भित्रिएको धान कुटेर चामल बनाइ त्यसबाट पिठो पिँधेर बाबर, सेल, पुरी मालपुवा बनाएर चढाउने परम्परा रहेको छ

  • न्युज बहार संवाददाता

थप