शुभ बिहानी, आज २०८० साल जेठ ३१ गते, असार कृष्ण एकादशी तिथी बुधबार। न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज सामान हराउने वा चोरी हुने, शुभ चिन्तकहरूको
सुझावलाई बेवास्ता गर्दा दुःख पाइने, दैनिक काममा अवरोधको सामना गर्ने सम्भावना छ।
वृष - तपाईको
आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिएला।
आफन्तले काममा सहयोग गर्ने र कसैकसैका लागि सन्तान प्राप्तिको योग रहनेछ।
मिथुन - तपाईको
आज शुभकार्यको चर्चा हुनेछ। रोकिएका काम पुनः
सुरु होलान, धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला। परिवारका सदस्यहरूसित भेटघाट
बढ्नेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज कुनै कुराले मनमा शान्ति छाउने, शुभकार्यको चर्चा
हुने, बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने समय छ।
सिंह – तपाईको आज आफन्त
सँग मनमुटाव हुने, स्वास्थ्यमा समस्या देखापर्ने र मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति होला।
कन्या - कन्या राशीका तपाइँको आज रमाइलो यात्राको र त्यसबाट दीर्घकालिक फाइदा हुने,
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने र स्वास्थ्य सबल रहने सम्भावना छ।
तुला - आज तपाइले अधिकार
प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी हुनुहोला। बुद्धिको उपयोग गर्नाले
जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नन।
वृश्चिक – तपाईको आज लाभदायक यात्राको सम्भावना छ। एकपछि अर्को अवसर
आउनाले मन प्रसन्न होला। नोकरी गर्नेले मानसम्मान पाउनुहोला।
धनु – तपाइको आज धर्मसंस्कृतिका सभासमारोहमा सरिक हुने, जटिल
ठानिएको काम सम्पादन हुने र प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ।
मकर - मकर राशीका आज परिश्रमअनुसार
उपलब्धि पनि राम्रै होला। चिताएको कामले तीव्रता लिने र सामाजिक क्षेत्र तथा नोकरीबाट
मानसम्मान मिल्ने योग छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज हर्ष र
प्रसन्नताका बीचमा समय व्यतीत होला। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास गर्नुहोला।
सहयोगीको सङ्गतले फाइदा हुने काम गरिएला।
मिन – तपाइको
आज सानातिना समस्यामा
अल्झिनुपर्ला। वैदेशिक क्षेत्रका कामहरू अधुरै रहने र स्वास्थ्य प्रति सजग रहन बढी
जरूरी देखिन्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता