Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने

  •   २ वर्ष अघि | २६ बैशाख २०८१, बुधबार

बैशाख २६, काठमाडौँ । आज आफुलाई जन्म तथा कर्म दुबै दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिनमा मनाइने यस दिनलाई फरक फरक नामले मनाउने गरिन्छ । कोहीले यस पर्वलाईं ‘आमा खुवाउने’ त कोहीले औँसी ‘आमाको मुख हेर्ने दिन’ वा आमा औसी भनेर सम्बोधन गर्ने गर्दछन ।

आजको दिन बिहान सबेरै उठेर स्नान गरी आमालाई उपहार दिने, आमालाई विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रही आएको छ । यस दिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै सम्झना गर्ने गर्छन ।

आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्ने त होईन, तर  हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन रहेको छ । 

  • न्युज बहार संवाददाता

थप