Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १५ खिर खाने दिन ।

  •   ३ वर्ष अघि | १५ साउन २०८०, सोमवार

साउन १५, काठमाडौँ । आज साउन १५ खिर खने दिन वा खिर दिवस । आज हरेक नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँने गरिन्छ ।

प्राचीनकालदेखि वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा रहेको छ। साउने झरी पर्ने मौसममा तातो खीरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा विभिन्न किसिमको मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास रहेको छ ।

अर्को तर्फ यही साउन महिनामा गाउँघरमा हरियाली बढी हुने भएकाले घाँस बढी पाइने र राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिने हुनाले दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन रहेको पाइन्छ हो । 

थप