कात्तिक २२, काठमाडौँ । आज छठ पर्वको मुख्य
दिन हो । सूर्यको उपासना गरी मनाइने छठ पर्वमा आज व्रतालुले साँझ अस्ताउँदो
सूर्यलाई पूजा आराधना गरी अर्घ दिने कार्य हुन्छ ।
साँझ
अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो
सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुने गरेको छ ।
छठ पर्वका
लागि काठमाडौँ महानगरपालिकाका वडा नम्बर ८ को गौरीघाट, वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर १३ को धौखेल खोला, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर ३२ को कोटेश्वर दोभानमा,
वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारामा
छठघाट निर्माण गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
सरकारले छठको
मुख्य दिन आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।
- न्युज बहार संवाददाता