Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन, काठमाडौँको गोकर्णेश्वरमा भिड

  •   ३ वर्ष अघि | २८ भदौ २०८०, बिहिबार

भदौ २८, काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज मनाइदैँछ। आजको दिन मनावर्षभरि पितृकार्य तथा देवकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याइने प्रचलन रहेको छ ।

शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने  जानकारी दिएका छन ।

त्यसैगरी आज बुबाको मुख हेर्ने तथा पृतीसम्मान दिवस पनि हो। परम्पराअनुसार छोराछोरीले यसै अवसरमा आआफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन पनि छ। बुबा नहुनेहरुले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा पिण्डदान, तर्पण तथा श्राद्ध गरी सिदा दान गर्ने गर्दछन ।

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आजको दिनमा विशेष मेला लाग्ने गर्दछ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिने गरिन्छआजको दिनमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गरेको छ

देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पितृतृप्तीको कामनाले आउने गरेका छन ।

थप