Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र १९ गते आईतबारको राशीफल।

  •   ४ वर्ष अघि | १९ चैत्र २०७९, आइतवार

शुभ बिहानी, चैत्र १९ गते चैत शुक्ल द्वादशी तिथी आईतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुने र कष्टकर यात्राका साथै मन कमजोर रहने समय रहेको छ। आँटेको काममा अवरोध आउन पनि सक्छ।

वृष –तपाईको आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने र अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता मिल्नेछ भने नयाँ अवसर पनि प्राप्त हुन सक्छ।

मिथुन – तपाईले आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएला। अल्छीपना पनि बढ्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुलाई आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ भने धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। साङ्गीतिक क्षेत्रमा पनि रुचि बढेर जाला।

सिंह –तपाईले आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिन सक्छन। अरुलाई प्रभावित पारेर काम हुन सक्छ। लाभदायी यात्रा पनि हुनसक्छ।

कन्या –   आज कन्या राशीका तपाईको आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने समय छ। धार्मिक तथा समाजसेवामा मन लाग्ने र नजिकको व्यक्तिबाट सहयोग पाइनेछ।

तुला – आज नयाँ कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्ने समय रहेको छ। सानातिना समस्यामा अल्झनुपर्ने र पारिवारिक समस्या पनि बढ्न सक्नेछ।

वृश्चिक – तपाईलाई आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग रहेको छ। पराक्रम बढ्नुका साथै धन लाभका योग पनि रहेको छ। प्रेम जीवन पनि सफल होला।

धनु – आज तपाइले आँटेको र ताकेको कार्य पुरा हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ भने साहित्यिक क्षेत्रमा पनि रुचि बढेर जानेछ।

मकर - मकर राशीका तपाईको आज भाग्यले साथ दिनेछ भने रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। आफन्तसँग भेटघाट पनि हुने समय रहेको छ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्नेछ। नियमित खर्चसमेत बढ्ने योग छ भने साँझमा मन प्रसन्न रहने समय छ।

मिन – तपाईको आज रमाइलो यात्राको योग रहेको छ। आफन्तबाट सहयोग प्राप्त हुने र नयाँ कार्यको थालनी पनि हुनेछ। पढाइ लेखाइमा प्रगति हुनसक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप