Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र १६ गते बिहीबारको राशीफल।

  •   ४ वर्ष अघि | १६ चैत्र २०७९, बिहिबार

शुभ बिहानी, चैत्र १६ गते चैत शुक्ल नवमी तिथी बिहिबार। आज रामनवमी । न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मनमा शान्ति छाउने र वशिष्ठ व्यक्तिको साथ पाइनेछ। छोटो दुरीको लाभदायक यात्रा हुन सक्छ।

वृष – आज तपाईको नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। आर्थिक कारोबारमा मन्दी आउला। घर व्यवहारमा झमेला हुन सक्छ र साँझमा मन प्रसन्न हुनेछ।

मिथुन – तपाईको आज दैनिक कार्यमा सफलता मल्नेछ। सामाजिक, राजनैतिक तथा धार्मिक कार्यमा रुचि बढ्ने समय छ। प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय छ।

कर्कट - कर्कट राशी हुनेहरुलाई आज आफन्तका बीचमा खटपट र शङ्का हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने समय छ। मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ।

सिंह –तपाईको लगनशीलताले आज कामहरू अगाडि बढ्नेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। अचल सम्पत्तिको कारोबार हुने र दाम्पत्य जीवन सुखमय रहने योग छ़।

कन्या –   आज कन्या राशीका तपइहरुलाई आज महिलाहरूबाट विशेष सहयोग मिल्ने समय छ । परिश्रम गर्दा धनार्जन हुनेछ। शुभ कार्यमा सरिक भइनेछ भने बजारको यात्रा पनि हुने समय छ।

तुला – आज तपाइको इनाम र प्रतिष्ठा कमाउने वेला रहेको छ। घरमा अतिथिको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्ने,र यात्राको क्रममा सचेत रहनु होला।

वृश्चिक - आज तपाईको लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहने छ। आत्मबल बढाएर काम गरेमा सफल भइएला। सफल यात्राको योग पनि रहेको छ।

धनु – आज तपाइको दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ। स्वादिष्ट भोजनको योग रहेको छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र विपरीत वर्ग प्रति आकर्षण बढ्ने समय छ।

मकर - मकर राशीका तपाईको आज शुभ कार्यमा सरिक भइएला। नयाँ बिजनेश प्लान बन्नेछ। आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च बढी हुनेछ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। सामाजिक कार्यमा मन जाने र कूटनीतिक नियोगको सहयोग मिल्ने छ। दैनिक कार्यमा प्रगति हुने देखिन्छ।

मिन – तपाईको आज मनमा दुबिधा उत्पन्न होला। मानसिक चिन्ता बढ्नेछ भने मालसामान हराउन सक्ने सम्भावना रहेको छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप