शुभ बिहानी, आज २०८० साल बैशाख २ गते बैशाख कृष्ण दशमी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको लागी आज बौद्धिक काममा
सफलता मिल्ने र कला तथा गलाको प्रभाव बढ्ने योग छ। कुनै कुराले मनमा शान्ति छउनेछ
भने आत्मिक सन्तुष्टि पनि मिल्न सक्छ।
वृष– तपाईको आज कार्य
सम्पादनमा सहजता हुनेछ। मित्रबाट विशेष सहयोग पाइनेछ। शुभकार्यको चर्चा हुनेछ र
रमाइलो यात्राको योग पनि रहेको छ।
मिथुन – तपाईले आज प्रेममा मनमुटाव हुनुका साथै मन कमजोर हुनेछ।
आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ने देखिन्छ। शिक्षामा वाधा आउनुका
साथै मन विचलित हुनसक्छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय रहेकोछ। चलाखीपूर्ण बोलिले फाइदा
हुनेछ भने सामाजिक कार्यमा सफलता मिल्ने समय छ।
सिंह –तपाईको आज स्वादिष्ट
भोजनको योग रहेको छ। सामाजिक संस्थाबाट पनि सहयोग मिल्न सक्छ। बोलीको प्रभाव बढ्ने
र नयाँ कार्यको योजना पनि बन्ने योग छ।
कन्या – कन्या राशीका तपाइको आज धार्मिक
तथा समाजसेवामा मन जानेछ। आँटेको र ताकेको कार्य पुरा हुनसक्छन। साहित्यिक क्षेत्र
र राजनैतिक कार्यमा रुचि बढ्ला।
तुला –
आज तपाइको सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन आउन सक्छ।
घरायसी समस्या बढ्ने र मित्रहरूले वचन पूरा नगरीदिँदाले आर्थिक हैरानी आइपर्ला।
वृश्चिक – तपाईको आज परिवारजनको साथले
नयाँ आशा मिल्नेछ। राजनीतिक कार्यमा सफलता होला, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला।
धनु – तपाइको आज न्यायिक कार्यमा सफलता मिल्ने र दैनिक कार्यमा
प्रगति हुने समय छ। नयाँ वस्त्र, अलङ्कारको
प्राप्ति हुनसक्छ। राज्यबाट मान सम्मान मिल्नेछ।
मकर - मकर राशीका तपाईको आज आस मारेको
काम बन्ने र अरुको मन जित्न सकिने देखिन्छ। दाम्पत्य जीवन सुखमय होला। अचल
सम्पत्ति हात पर्ने योग रहेको छ। सन्तान सुख मिल्न सक्छ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल हुनसक्छ। आर्थिक कारोबारमा
मन्दी आउला, प्रेममा मनमुटावका साथै कार्य सम्पदनमा समस्या हुनसक्छ।
मिन –तपाईको आज पुराना र रोकिएका अधुरा
कामहरू पुरा होला, बैदेशिक कार्यमा सफलता मिल्नसक्छ। धनार्जनका नयाँ स्रोतहरू पनि
पत्ता लाग्नसक्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता