शुभ बिहानी, आज २०८० साल बैशाख २८ गते, जेठ कृष्ण षष्ठी तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज
मनमा हर्ष, उमङ्ग
र उत्साह छाउला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता हुने र स्वादिष्ट
भोजन पाइने समय छ।
वृष - तपाईको
आज पारिवारिक सद्भाव बढ्ने र आफ्नै दक्षतामा
विभिन्न कार्यहरू सम्पन्न हुने योग छ। साहित्यिक क्षेत्रमा रूचि बढेर जाला। सहयोगी
हातहरू अघि बढ्ने छ।
मिथुन - तपाईले
आज गरेको काममा ढिलासुस्ती होला, विचार गरेर
निर्णय लिनु उचित रहनेछ। आर्थिक तनाव बढेको महसुस हुने र साँझमा मन प्रसन्न रहने छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज
इच्छा र आकाङ्क्षा पूर्ण होलान। ठूला
व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्ने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने
छन।
सिंह – तपाईको आज शुभकार्यको
चर्चा हुनेछ। साहित्य तथा सङ्गीतमा रुचि बढ्ला। दाम्पत्य जीवन सुखमय होला। बोलीको
प्रभावले अरुको मन जित्न सकिएला।
कन्या - कन्या राशीका तपाइँको आज नयाँ र शुभकार्यको चर्चा हुनेछ धर्मकर्म, परोपकार तथा समाजसेवा मन जाने र कपडाको लगानी राम्रै
हुने देखीन्छ।
तुला - आज तपाइको जिद्दीपनाले
गर्दा काम बिग्रने डर रहेछ । बोलीको विपरीत अर्थ पनि लाग्ने छ भने तर वैदेशिक
लगानीले राम्रो प्रतिफल दिने देखिन्छ।
वृश्चिक – तपाईको
आज जोशजाँगर र हिम्मत बढ्ने र दैनिक कार्यहरूमा
प्रगति हुने समय छ। रमणीय र सुखद् यात्राको र नयाँ वस्त्र, अलङ्कारको योग छ।
धनु – तपाइले
आज शुभ समाचार सुन्न पाउनुहुनेछ। मित्रबाट विशेष
सहयोग मिल्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने साथै घरमा अतिथिको आगमन हुने
योग छ।
मकर - मकर राशीका तपाईको आज लामो
समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा होलान। कुनै कुराले मनमा प्रसन्न हुनसक्छ।
पारिवारिक सहयोग पनि मिल्ला।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज
लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहेको छ। धार्मिक कार्यमा
रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने समय छ।
मिन -
तपाईको आज आज एउटै कामबाट दोहोरो लाभ मिल्ने
र व्यावसायिक काममा राम्रै फड्को मार्न
सकिने छ। आत्मिक सन्तुष्टि मिल्नेछ। तीर्थाटनको पनि योग रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता