Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २० गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | २० भदौ २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल भदौ २० गते, भदौ कृष्ण सप्तमी तिथी बुधबार । आज श्रीकृष्णाजन्माअष्टमी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज प्रणयसम्बन्ध बढ्ने, परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने, कार्य सम्पादनमा सहजता पनि मिल्ने समय रहेको छ।

वृष – तपाइको आज ठीक समयमा सही निर्णय लिन सकिएला। दाम्पत्य सुखले प्रफुल्लित भइने र बौद्धिक काममा सफलता मिल्नेछ तथा बोलीको प्रभाव पनि बढ्ने योग छ।

मिथुन - तपाईको आजको दिन सामान्य नै रहला। लत्ता कपडामा बढी धन खर्च होला र सामान हराउने सक्छ। अभिभावकको आशीर्वादले काम राम्रो होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुहोला। यात्रा कष्टकर हुनसक्छ सचेत रहनु होला, तर आफन्तसँग भेटघाट भने होला।

सिंह – तपाईको आज धार्मिक कार्यमा सरिक भइएला। शुभकार्यको चर्चा हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। आँटेको र ताकेको कार्य पनि पुरा हुनसक्छ।

कन्या - कन्या राशीका तपाईको आज नयाँ कमको थालनी हुने, अचल सम्पत्ति हात पर्ने, धार्मिक यात्राको सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुने योग रहेको छ।

तुला - तपाइको आज सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्नेछ। प्रेममा पनि वाधा आउला, तर शुभकार्यको चर्चा भने हुनेछ।

वृश्चिक – तपाईको आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिएको छ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

धनु – तपाइको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएल । आतिथ्यपूर्ण सम्मान पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिने सक्छ।

मकर - मकर राशीका तपाइको आज अधुरो काम पूरा होलान। मन्दिर दर्शनका लागि यात्राको सम्भावना रहेको छ। महिला वर्गबाट विशेष सहयोग पाइएला। वैदेशिक कार्य पनि अघि बढ्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। झैझमेलाको अवस्था आउनसक्छ। फलदायी यात्रा नहोला तर सांस्कृतिक क्षेत्रमा रुचि भने बढेर जाला।

मिन – तपाइको आज मनमा शान्ति छाउला। दाम्पत्य जीवन सुखमय होला। मनोरञ्जनमा सहभागिता भइने र आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ने सम्भावना छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप