Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर १३ गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | १३ मंसिर २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल मंसिर १३ गते, मंसिर कृष्ण द्वितिया तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज स्वादिष्ट भोजन पाइएला, बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउ सकिने र सामाजिक संस्थाबाट सहयोग पनि मिल्नेछ।

वृष – तपाइको आज मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ। पुरानो समस्या सुल्झाउन सकिने छ भने शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्लान।

मिथुन - तपाईको आज शुभकार्यको योजना बन्ला। टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट होला। दैनिक कार्यमा प्रगति हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेममा बाधाका साथै मन कमजोर रहला, अनावश्यक ठाउँमा धन खर्च हुनाले आत्मघाती काम गर्न पुगिएला। महत्वपूर्ण अवसर गुम्नेछ।

सिंह – तपाईको आज नयाँ कार्यको योजना बन्न सक्छ, शुभकार्यको चर्चा हुनेछ। नयाँ जिम्मेवारी पाइनुका साथै साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ।

कन्या - कन्या राशीका तपाईको आज बन्धु बान्धवबाट सहयोग मिल्ला। कीर्तिमानी काम गर्ने समय रहेको छ। वाक्चातुर्यले सङ्कल्प सिद्ध होला। राजनैतिक कार्यमा सफलता पाइएला।

तुला - तपाइको आज चिताएको कामले तीव्रता लिनेछ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। घरायसी कार्य अघि बढ्ने र काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ ।

वृश्चिक – तपाईको आज मालसामान हराउन सक्नेछ, कार्यमा बाधा आउनुका साथै सरकारी निकायको भय रहला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

धनु – तपाइको आज आत्मबल बढ्ने र नयाँ कार्यको योजना पनि बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल होला। प्रेममा मधुरता छाउला।

मकर - मकर राशीका तपाइको आज विपरीत वर्ग प्रति आकर्षण बढेर जाला। रमणीय र सुखद् यात्राको योग रहेको छ। नयाँ कामको योजना बन्नुका साथै पारिवारिक जमघटमा सहभागी भइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज साँझमा धन खर्च होला, प्रेममा सफलता पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन।

मिन – तपाइको आज आत्मबल बढाएर काम गरेमा अधिक सफलता पाइनेछ, यात्राका योजना विफल होला। शैक्षिक क्षेत्र कमजोर नै रहला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप