शुभ बिहानी, आज चैत्र ७ गते चैत कृष्ण औँसी तिथी मंगलबार। आज घोडे जात्रा हो। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज अधुरा कार्य पूरा गर्न समय
मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ भने शत्रुमाथि विजय मिल्ने समय रहेको छ। त्यस्तै
रमाइलो यात्राको योग पनि रहेको छ।
वृष – तपाईको आज लामो
समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा पनि चल्नेछ। महिला
वा मित्रबाट विशेष सहयोग पनि मिल्ने योग छ।
मिथुन – आज तपाईंको विद्या र बुद्धिको विकास हुनेछ। दाम्पत्य
जीवन सुखमय रहने छ। नयाँ व्यक्तिसँग भेटघाट पनि होला। विश्वासपात्रहरुले साथ
दिनेछन्।
कर्कट - कर्कट राशी हुनेहरुको आज सानातिना
समस्यामा अल्झनुपर्ने देखिन्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने छ।
व्यापार व्यवसायमा पनि मन्दी आउनसक्ने सम्भावना रहेको छ।
सिंह –तपाईलाइ आज प्राविधिक
काममा सफलता प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने देखन्छ। चिन्ता छाडेर
चिन्तन गर्ने समय आएको छ। प्रेमीको सहयोग पनि प्राप्त होला।
कन्या – आज कन्या राशीका तपइहरुलाई लक्ष्मी प्रसन्न हुने योग छ।
सामाजिक,
धार्मिक कार्यमा रुचि बढेर जाला। प्राविधिक
क्षेत्रमा रुचि बढ्नेछ भने राज्यबाट मान सम्मान पनि पाइनेछ।
तुला –
तपाइलाई आज रमणीय र सुखद् यात्राको योग रहेको छ। धनार्जनका लागी
नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने
योग छ।
वृश्चिक - आज
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। सौन्दर्यतामा धन खर्च हुनेछ भने सरकारी
निकायको भय रहिरहला। पुँजी बजारको लगानी कमजोर हुनसक्नेछ।
धनु – तपाइको आज रमाइलो यात्राको योग रहेको छ। राजनैतिक कार्यमा पनि
सफलता मिल्नेछ। प्रेममा मधुरता छाउला। मनमा हर्ष, उमङ्ग र उत्साह भरिएला।
मकर - मकर राशीका तपाइको आज वाक्चतुर्याईँले
सङ्कल्प सिद्ध हुने योग छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा
सफलता हात लाग्ला। दिनको उत्तरार्ध सुखद् रहने छ।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता हुनेछ।
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने समय छ।
मिन – तपाईको आज सौन्दर्यतामा धन खर्च
हुने योग छ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्न सक्छ। गरेका काममा ढिलासुस्ती
हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ सचेत रहनु होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता