Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चैत्र १८ गते शनिबारको राशीफल।

  •   ४ वर्ष अघि | १८ चैत्र २०७९, शनिबार

शुभ बिहानी, चैत्र १८ गते चैत शुक्ल एकादशी तिथी शनिबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज मनमा दोधारको अवस्था सिर्जना हुनेछ। विचार पुर्याएर निर्णय लिनु होला, मेहनेत अनुसार आर्थिक लाभ भने मिल्ने देखिन्छ।

वृष – आज तपाईको रमणीय र सुखद् यात्राको योग रहेकोछ। धर्म र आस्था बढ्ने र जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने योग रहेको छ।

मिथुन – तपाईको आज शुभकार्यको चर्चा चल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउने देखिन्छ। बन्दव्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण रहनेछ।

कर्कट - कर्कट राशी हुनेहरुलाई आज चिताएको कामले तीव्रता लिने समय छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने। परिश्रम अनुसार उपलब्धि पनि राम्रै हुनेछ।

सिंह –तपाईलाई आज समय व्यवस्थापन गर्न गारो हुनेछ भने कार्य सम्पादनमा समस्या आउन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ। दबाब र तनाव बढेको महसुस होला।

कन्या –   आज कन्या राशीका तपाईको धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ। जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुने र धन हात पनि पर्ने योग छ।

तुला – आज नयाँ कार्यको तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता हुनेछ। न्यायिक कार्यमा सफलता मिल्ने र जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्ने छ।

वृश्चिक - तपाईको समय आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने रहेको छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्।

धनु – आज तपाइलाई मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ने र नजिकका व्यक्तिबाट धोका हुनसक्छ, सचेत रहनु जरुरी देखिन्छ।

मकर - मकर राशीका तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने समय रहेको छ। आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने समय छ। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुने र स्वास्थ्य पनि सबल नै रहनेछ।

मिन – तपाईको आज लाभदायक यात्राको सम्भावना रहेको छ। मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय रेहेको छ। नोकरी गर्नेले मानसम्मान पाउनुहुने छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप