शुभ बिहानी, चैत्र १७ गते चैत शुक्ल दशमी तिथी शुक्रबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज बेसुरमा वचन दिने
बानीले अप्ठ्यारो पार्न सक्ने छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइने र खर्च पनि
हुनेछ, त्यसैले संयम रहनु होला।
वृष – आज तपाईको अधुरो वैदेशिक
क्षेत्रको काम अघि बढ्नेछ। लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन्। विश्वास
गरेकाले साथ दिने समय रहेको छ।
मिथुन – तपाईलाई आज परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता
मिल्नेछ। भाग्यले विभिन्न अवसर जुराउने तथा प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय
रहेको छ।
कर्कट - कर्कट राशी हुनेहरुलाई आज धर्मकर्म तथा सेवामा मन जानेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछन।
वित्तिय संस्थाबाट सहयोग मिल्नेछ भने मिष्ठान्न भोजनको योग छ।
सिंह –तपाईको मन खिन्न हुने
स्थिति आउला। मालसामान हराउन सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति गर्नु पर्ला, तर वैदेशिक क्षेत्रको काम बन्ने समय छ।
कन्या – आज कन्या राशीका तपइहरुले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहुनेछ।
शुभ समाचार सुन्न पाइने र दाम्पत्य जीवन सुखमय हुनेछ। मान प्रतिष्ठामा वृद्धि पनि हुने
समय छ।
तुला –
आज नयाँ कार्यको थालनी हुन सक्छ। साथी भाइको भेटघाटले
मन प्रफुल्ल हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। भूमिबाट पनि लाभ मिल्नेछ।
वृश्चिक - तपाईको
आज कार्यमा सफलता मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय रहेको छ। जीवनसाथीको
सल्लाहले कार्यमा सफलता मिल्ला। मनमा उत्साह पनि आउला।
धनु – आज तपाइको शरीर
भारी र मन अस्थिर रहने देखिन्छ। लेनदेनमा सजगता अपनाउनु पर्नेछ। दिनको उत्तरार्धमा
अधिक धन पनि खर्च होला।
मकर - मकर राशीका तपाईको आज शुभकार्यको
चर्चा चल्नेछ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। न्यायिक कार्यमा सफलता होला र धार्मिक
तथा समाजसेवामा मन जानेछ।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज आज नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ। आँटेको र ताकेको कार्य पुरा
हुनेछ। प्रतियोगितात्मक क्रियाकलापमा विजय पनि प्राप्ती होला।
मिन – तपाईको आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेको
छ। परिवारमा सुख सन्तोष छाउनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुने र शुभ
कार्यमा मन जाने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता