Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ ६ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल भदौ ६ गते, साउन शुक्ल सप्तमी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज छोटो दुरीको लाभदायक यात्रा हुने, धनार्जन हुने र वैदेशिक कार्य अघि बढ्ने समय रहेको छ।

वृष – तपाइको आज आफन्तको प्रगतिमा मन रमाउला। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिनेछ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिएला।

मिथुन - तपाईलाई आज मित्र वा आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न भोजन प्राप्ति हुनसक्छ। साथी भाइको भेटघाटले मन प्रफुल्ल बन्ला। बौद्धिकताको विकास होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेममा मनमुटावका साथै मन कमजोर रहला। मालसामान हराउन सक्नेछ। हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्ने हुनाले सचेत रहनु आवश्यक छ।

सिंह – तपाईको आज विद्या र बुद्धिको विकास होला। नयाँनयाँ ज्ञान सिक्ने मौका पाइनेछ। कार्यसिद्धि हुने अवसर आउनेछ। राजनैतिक कार्यमा सफलता हात पर्ला।

कन्या - कन्या राशीका तपाईको आज घरमा अतिथिको आगमन होला। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा होला। लाभदायक यात्रा हु सक्छ। नयाँ कार्यको थालनी हुनेछ।

तुला - तपाइको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ला। व्यापार व्यवसायबाट लाभ पाइएला।

वृश्चिक – तपाईको आज लाभहानी, सुखदुःख बरावारी रहला। नसोचेको ठाउँबाट धन हात पार्ला। विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी देखिन्छ।

धनु – तपाइको आज रोजगारको अवसर मिल्ला। राजनैतिक कार्यमा सफलता मिल्नुका साथै बन्धु बान्धवबाट विशेष सहयोग पाइएला। पारिवारिक झमेला भने रही रहला।

मकर - मकर राशीका तपाइको आज कुनै कुराले मनमा शान्ति छाउला। आफन्तसँग रमाइलो भेटघाट होला। मनोरञ्जनमा सहभागिता भइने र प्रेममा मधुरता पनि छाउने देखिन्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै पठनपाठनमा प्रगति होला। रमणीय र सुखद् यात्राको योग पनि रहेको छ।

मिन – तपाइको आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनु आवश्यक हुनेछ। आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्ला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप