Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन ९ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल साउन ९ गते, साउन शुक्ल सप्तमी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज नाताकुटुम्बको आगमन हुने, परिवारमा नयाँ सदस्य थपिन सक्ने, कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउने सम्भावना छ।

वृष – तपाईको आज कर्तव्य बोध हुने र आस्था बढ्ने, परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइने, भाग्यले साथ दिने र काममा सफलता हात पर्ने समय छ।

मिथुन - तपाईको आज आजको समय त्यति राम्रो छैन। लेनदेनको कार्यमा विशेष ख्याल गर्नुपर्ला, तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिएलान।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज परिणाममुखी जिम्मेवारी वहन गर्ने, मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्ने र व्यापारमा विशेष सफलता हात लाग्ने समय आएको छ।

सिंह – तपाईको आज लामो समयदेखी रोकिएको काम पुन: प्रारम्भ होला। वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने र शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्ने सम्भावना छ।

कन्या - कन्या राशीका तपाईको आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम होला। रोकिएका काम पुनः सुरु हुन सक्ला। धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण पनि होला।

तुला - तपाइको आज काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ला। धार्मिक यात्रा गर्दा बाटोमा दुख हुन सक्ला ध्यान दिनुहोला।

वृश्चिक – तपाईको आज आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि पाइएला।

धनु – तपाइको आज यात्रा गर्ने अवसर जुट्ने, वाणीमा कुशलता आउने, करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने योग परेको दिन छ।

मकर - मकर राशीका तपाइको आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण होलाव्य, वसायिक क्षेत्रबाट लाभ होला, परोपकारजन्य कार्यमा लगाव बढ्नुका साथै धन सञ्चयको अवसर प्राप्त होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज औपचारिकतामा बढी व्यस्त रहन पर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता भने बढ्न सक्नेछ।

मिन – तपाइको आज मनमा हर्ष र प्रसन्नताका साथ समय व्यतीत होला। परोपकारका क्षेत्रमा लगानीको, आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप