Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन ३० गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | ३० साउन २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल साउन ३० गते, साउन कृष्ण चतुर्दशी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनु पर्नेछ। मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्ला। बाहिरी खानपानमा ख्याल गर्नुहोला।

वृष – तपाइको आज धार्मिक यात्रा हुने, जोशजाँगर र उमङ्ग बढ्ने, बहुप्रतिक्षित काममा सफलता हात पर्ने योग छ भने यात्रा गर्दा सावधानी अपनाउनु होला।

मिथुन - तपाईले आज परोपकार गर्नुमा नै भलो होला। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पाइएला। आफन्त सँग भेटघाट पनि होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि होला। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त पाइएला।

सिंह – तपाईको आज गर्न खोजेका कार्यमा बाधा आउला। दुखको समाचार प्राप्त हुन सक्ला। काममा बिघ्नबाधा परे पनि निराश र हतास नहुनु उचित हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट होला। औपचारिकतामा अल्ली बढी व्यस्त हुनुहोला। मनोरञ्जनमा सहभागी पनि भइनेछ।

तुला - तपाइको आज धनको क्षेत्र सबल रहला। व्यापार व्यवसायबाट पनि उन्नति नै हुने देखिएको छ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै दिनेछ।

वृश्चिक – तपाईको आज होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिएला। अतिथिको रूपमा सत्कार पाइनेछ। पुरानो साथीभाइसँग भेटघाट होला।

धनु – तपाइको आज नजिकको व्यक्तिबाट धोका पाइन सक्ला। अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न होला। यात्रामा सावधानी अपनाउनु होला।

मकर - मकर राशीका तपाइको आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन होला। मित्र जनबाट साथ सहयोग मिल्ला। कतै घुम्न जाने योजना पनि बन्न सक्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइएला। वित्तिय संस्थाबाट सहयोग पाइने छ भने स्वास्थ्यको भने विशेष ख्याल राख्नुहोला।

मिन – तपाइको आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खुल्नेछ। प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना रहेको छ। नयाँ र शुभकार्यको चर्चा पनि हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप