Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २८ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | २८ असोज २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल असोज २८ गते, असोज शुक्ल प्रतिपदा तिथी आइतबार । आज घटस्थापना तथा नवरात्र आरम्भ । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज पुनर्मिलनको योग रहेको छ भने सहयोगी हातहरू अघि बढलान। आफन्तको प्रगतिमा मन रमाउने र व्यापार व्यवसाय सामान्य हुनेछ।

वृष – तपाइको आज बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन होला, शुभ समाचार सुन्न पाइएला। मित्रबाट विशेष सहयोग पाइनेछ।

मिथुन - तपाईको आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनाने इच्छा र आकाङ्क्षा पूर्ण होलान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभ कार्यको चर्चा हुनेछ, विद्या र बुद्धिको कमी होला तर प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनसक्छ, स्वास्थ्यमा धन खर्च होला।

सिंह – तपाईको आज राजनैतिक कार्यमा सफलता मिल्ने र कुनै कुराले मनमा शान्ति छाउला। आम्दानी बढाउने कामको योजना बन्नेछ।

कन्या - कन्या राशीका तपाईको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला, धर्मकर्म र सामाजिक कार्यमा मन जाने र साहित्यिक क्षेत्रमा रूचि बढ्ने योग छ।

तुला - तपाइको आज आफ्नै दक्षतामा कार्यहरू सम्पन्न होलान, मनोरञ्जन पूर्ण दिन रहला। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा होला।

वृश्चिक – तपाईको आज शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ भने स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला।

धनु – तपाइको आज व्यावसायिक काममा राम्रै हुने र योजना बन्ने, साथी भाइको भेटघाटले मन प्रफुल्ल रहने तथा धार्मिक कार्यमा मन जानेछ समय छ।

मकर - मकर राशीका तपाइको आज बन्धु बान्धवबाट सहयोग मिल्नाले धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। जोशजाँगर र हिम्मत बृद्धी होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला, आँटेको र ताकेको कार्य अघि बढ्ने र पारिवारिक सहयोग र सद्भाव बढेर जाला।

मिन – तपाइको आज योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला, अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने तथा झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप