शुभ बिहानी, आज २०८० साल असोज १६ गते, असोज कृष्ण चतुर्थी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज स्वास्थ्यको ख्याल
गर्नु होला, ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा सफलता मिल्न
सक्छ। लाभदायक यात्रा होला।
वृष – तपाइको आज लाभदायक यात्रा होला, महिला वा मित्रबाट विशेष
सहयोग पाइनेछ। रोकिएका काम पुनः सुरु हुने र आर्थिक कारोबारमा सफलता पाइने समय छ।
मिथुन - तपाई आज नियमित खर्चसमेत बढ्ने, लगनशीलताको कमीले गर्दा
ठूलो उपलब्धि हातपार्ने र सहकर्मीबाट विरोध आउने योग छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज शुभकार्यको
चर्चा चल्नुका साथै भाग्यले विभिन्न अवसर दिनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुँदा
न्यायिक कार्यमा सफलता पाइनेछ।
सिंह – तपाईको आज
साझेदारी काममा उल्झन आउनाले बन्न लागेको काम बिग्रिन सक्छ। स्वास्थ्य सम्बन्धी
चिन्ता बढ्ने भने सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ।
कन्या - कन्या राशीका तपाईको आज व्यापारमा मनग्ये धनलाभ होला, अरुलाई प्रभावित
पारेर काम बन्ने र रोकिएको धन हात पर्ने तथा न्यायिक कार्यमा सफलता मिल्ने समय छ।
तुला - तपाइलाई आज स्वास्थ्यको ख्याल
गर्नु पर्नेछ, शुभारम्भको चर्चा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र नयाँ
उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ।
वृश्चिक – तपाईको आज प्रेम सम्बन्ध कसिलो होला, नयाँ ज्ञान सिक्ने
मौका पाइएला। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने र धैर्य एवं लगनशीलताले अवसर दिनेछन।
धनु – तपाइको आज आँटेको काम पनि पुरा हुनेछ, रोकिएको धन प्राप्त
होला। घरमा अतिथिको आगमन हुने र महत्त्वपूर्ण कामको थालनी पनि हुनेछ।
मकर - मकर राशीका तपाइको आज मनमा
कला, साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। परिश्रमअनुसार
उपलब्धि पनि राम्रै होला। सामाजिक क्षेत्रमा सफलता पाइएला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज आफन्त व्यक्तिसँगै
विवाद पर्ने सक्नेछ, समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण
राजनीतिक निर्णय नगर्नु राम्रो होला।
मिन –
तपाइको आज धर्मकर्म
तथा समाजसेवामा मन जानेछ, भाग्यले विभिन्न अवसर दिनेछ भने नयाँ काम सुरु गर्ने र चलाखीपूर्ण
बोलीले कार्य सिद्ध हुने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता