Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २६ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल मंसिर २६ गते, मंसिर कृष्ण औसीँ तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज नजिकको व्यक्तिबाट धोका पाइनेछ, बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ भने मन खिन्न हुने स्थिति पनि आउनसक्छ।

वृष – तपाइको आज अध्ययन तथा अध्यापनमा रुचि बढ्ने र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

मिथुन - तपाईको आज प्रणयसम्बन्ध अझै बढनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला। कार्य सम्पादनमा सहजता होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अधुरो काम विस्तारै अघि बढ्ने र महिला वर्गबाट विशेष सहयोग पाइएला। व्यवसायका लागि यात्राको सम्भावना रहेको छ।

सिंह – तपाईको आज अभिभावकको आशीर्वादले काम गर्न सकिएला। सामान हराउन सक्नेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज बोलीको प्रभाव बृद्धि होला। ठीक समयमा सही निर्णय लिन सकिएला। दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइएला।

तुला - तपाइको आज दिनको उत्तरार्ध बढी सुखद् रहने छ। शुभकार्यको चर्चा हुनुका साथै राजनैतिक र सामाजिक कार्यमा सफलता पाइएला।

वृश्चिक – तपाईको आज श्रमको उचित मूल्याङ्कन होला, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ। शुभकार्यको चर्चा हुने र आँटेको तथा ताकेको कार्य पुरा होला।

धनु – तपाइको आज स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। चिताएको काम रोकिने छ भने हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्नेछन।

मकर - मकर राशीका तपाइको आज आर्थिक क्षेत्रमा भने सामान्य सफलता पाइएला। कुनै कुराले अनुहारमा चमक आउने र दाम्पत्य जीवन सुखमय हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज वैदेशिक कार्यमा मन जानेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ होला। नयाँ कमको थालनी हुनसक्छ।

मिन – तपाइको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला।प्रेम र मित्रताको बन्धन कसिने र आतिथ्यपूर्ण सम्मान पाइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप