Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २५ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | २५ मंसिर २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल मंसिर २५ गते, मंसिर कृष्ण त्रयोदशी तिथी सोमबार । आज बाला चतुर्दशी ब्रत तथा शतबिज छर्ने दिन । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज सामान हराउने भय रहेको छ, लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन हुनेछ भने ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला।

वृष – तपाइको आज कला र गलाको प्रभाव बढ्ने र शुभकार्यको चर्चा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ। परिवारमा सुख सन्तोष छाउनेछ।

मिथुन - तपाईले आज अतिथिको रूपमा सत्कार पनि पाउनुहुनेछ। रोकिएको धन हात पर्नसक्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज हिम्मत बढ्ने तथा आकस्मिक धन लाभ होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने सक्छ भने दाम्पत्य जीवन सुखमय होला।

सिंह – तपाईको आज परिवारमा झैझमेलाको अवस्था आउन सक्नेछ। सरकारी निकायको भय रहीरहनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ला। अरुलाई प्रभावित पारेर काम बन्नसक्छ। घर भित्रको मनोरञ्जनमा सहभागी भइनेछ।

तुला - तपाइको आज स्वादिष्ट भोजन पनि पाइएला। प्रविधि मार्फत आफन्तसँग भेट घाट होला भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

वृश्चिक – तपाईको आज प्रेमीको सहयोग प्राप्त हुनाले शुभकार्यको चर्चा हुनेछ। सामाजिक र पदप्रतिष्ठा कमाउने समय छ। न्यायिक कार्यमा सफलता पाइला।

धनु – तपाइको आज स्वास्थ्य प्रति सजग र सचेत पनि रहनु होला। बन्न लागेको काम बिग्रिन सक्नेछ। प्रेममा बाधाका साथै मन कमजोर हुनेछ।

मकर - मकर राशीका तपाइको आज पदोन्नतिको सम्भावना रहेको छ। नयाँ कार्यको थालनी होला। लगनशीलताले कामहरू अगाडि बढ्ने र वित्तिय संस्थाबाट सहयोग पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नसक्छ। आत्मविश्वास र पराक्रममा वृद्धि होला। आँटेको र ताकेको कार्य पुरा हुनेछन।

मिन – तपाइको आज सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने र शुभ समाचार सुन्न पाइनेछ। राज्यबाट मान सम्मान पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।


  • न्युज बहार संवाददाता

थप